युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटनाग्रस्त- मस्को

काठमाडौं,रुसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा एउटा जहाज दुर्घटना परेको छ। मस्कोले जनाए अनुसार रुसी इल्यूशिन–७६ सैन्य ढुवानी जहाज दुर्घटनामा परेको हो। रुसी रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन्। रिया नोभोस्ती न्यूज एजेन्सीका अनुसार उक्त जहाजमा ६ जना चालक दलका सदस्यसहित युक्रेनी युद्धबन्दीबाहेक अन्य ९ जना पनि यात्रारत…

Read More

चीनमा भूकम्पमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

एजेन्सी । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको संख्या ११३ पुगेको छ, भने घाइतेको संख्या ७८२ पुगेको छ । भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । बिहान ५ः३० बजेसम्म,…

Read More

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १११ पुग्यो

उत्तर पश्चिम चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ । भूकम्पले घर, सडक र…

Read More

अजेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ जनाको मृत्यु

अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत खसेको थियो । “दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ”, नगरपालिकाले…

Read More

चीनको अर्थतन्त्र पाँच दशमलव दुई प्रतिशतले बढ्ने प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष पाँच दशमलव दुई प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । क्षेत्रीय…

Read More

गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान

गाजा, २५ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको छ । आइतवार डब्ल्यूएचओको कार्यकारी बोर्डको विशेष बैठकले प्रस्ताव पारित गर्दै गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान गरेको हो । उसले मानवीय सहायतामा तत्काल पहुँच पुर्‍याउन र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ। पारित गरिएको प्रस्तावमा ‘चिकित्सक र…

Read More

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक अद्यावधिक प्रतिवेदनमा,  भूकम्प राति १०ः३७ बजे गएको संस्थानले  जनाएकाे छ । हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो । भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागमा महसुस गरिएको…

Read More

सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार

आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले उनीहरूलाई बलियो बनाएको बताएका छन् ।  “हामी साँच्चै डराएका थियौँ, प्रत्येक समय मृत्यु अगाडि उभिरहेको महसुस हुन्थ्यो”, सुरुङबाट जीवित उद्धार गरिएका कर्मचारी दीपक कुमारले बुधबार भन्नुभयो, “बाँच्छौ वा बाँच्दैनौँ भन्ने हामीलाई थाहा थिएन ।” म्याराथुन…

Read More

इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि

इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घण्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “सम्झौतामा इजराइली जेलहरूमा थुनिएका प्यालेस्टिनी महिला तथा बालबालिकाको रिहाइको सट्टामा गाजापट्टीमा हालै…

Read More

‘मृत्यु क्षेत्र’ बाट ३१ शिशुको उद्धार, ३१६ जना अझै अस्पतालभित्रै

प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) को नियन्त्रणमा रहेको गाजा पट्टीका उच्च स्वास्थ्य अधिकारीले अल–शिफा अस्पताललाई ‘मृत्यु क्षेत्र’ का रूपमा उल्लेख गर्दै महिना नपुगी जन्मिएका त्यहाँ रहेका सबै ३१ जना शिशुलाई आइतबार उक्त अस्पतालबाट बाहिर निकालिएको बताएका छन् । अल–शिफाको अवलोकन भ्रमणपछि डब्लुएचओले २९१ जना बिरामी र २५ जना स्वास्थ्यकर्मी गरी ३१६ जना अझै पनि…

Read More