गृहमन्त्रि लामिछानेलाई चुनौती दिदै लहानमा सई मुन्नाको असुली आतकं

ब्यक्तिगत रिसिईबी साँध्न स्वतन्त्र प्रेसमाथी धरपकडको श्रृंखला सुरु गरेको भन्दै बिश्व प्रेस जगतबाट आलोचित बनेका उपप्रधान तथा गृहमन्त्रि रबि लामिछानेलाई सिरहामा नेपाल प्रहरीका एक सईले चुनौती दिदै अनाधिकृतर रकम असुलीलाई तिब्र बनाएकाछन् । दोहोरो नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि गृहमन्त्रि लामिछानेको स्वदेश तथा बिदेशमा ब्यापक आलोचना भएको छ । सहकारी प्रकरणमा मुछेर कान्तिपुर दैनिकले श्रृखंलाबद् समाचार प्रकाशन गरेकाले सिरहोरियालाई पक्राउ गरेर गृहमन्त्रि लामिछानेले ब्यक्तिगत रिसिईबी साँधेको भन्दै गृहमन्त्रिको आलोचना भएको हो । ओरालो लागेको हरिणलाई मृगको बाछोले समेत लखेट्छ भने झैँ स्वतन्त्र प्रेसमाथी हस्तक्षेप गरेको आरोप खेपीरहेका गृहमन्त्रि लामिछानेलाई सिरहामा नेपाल प्रहरीका एक सईले समेत चुनौती दिएकाछन् । गृहमन्त्रि लामिछानेलाई चुनौती दिने हिम्मत गर्ने ति सईको नाम हो मुन्ना साह ।

सिरहाको प्रमुख ब्यापारिक नाका लहानस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत सई मुन्नाको अनाधिकृत रकम असुलीका कारण यतिबेला सिंगो लहान आतकिंत बनेको छ । जिल्ला उधोग वाणिज्य सँघ सिरहाका एक पदाधिकारीका अनुसार सई मुन्नाले मासिक मोटो रकम लिएर मोहम्मद सदमको गाईगोरु भारत तस्करीमा स्कटिगं नै गरिदिदै आएकाछन् । सदमको लहानमा खसीको मासु पसल छ । सदमले प्रहरीप्रशासनकै सहयोगमा गाईगोरु भारत तस्करी गर्दैआएको धेरैभयो । सई मुन्ना साहमार्फत ईप्रका लहानलाई महिनाबारी बुझाएर गाईगोरु तस्करी गर्दैआएका सदमले ठाडी नाकाका प्रहरीलाई पनि महिनावारी बुझाउँदै आएको लहानका एक पुराना पत्रकारले जानकारी दिए ।

जिल्ला उधोग वाणिज्य सँघको तथ्याकंमा भारतबाट अनाधिकृत रुपमा कपडा तथा जुतचप्पल ल्याएर ब्यापार गर्ने ब्यापारीको सँख्या लहानमा धेरै छ । सोरुममा छापा हानेर सामान पक्राउने धम्कि दिदै सई मुन्ना साहले ति काला ब्यापारीहरुसँग महिनाबारी असुली गर्दैआएकाछन् । ब्यापारीदेखी बिभिन्न केसमा पक्राउ परेकाहरुलाई छुटाईदिन ति सहीले बार्गेनिगं गरेर अनाधिकृत रकम असुलीलाई तिब्र बनाएको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *