भ्रष्टाचार बिरुद्धको २० माघमा काठमाडौंमा हुने मोटरसाईकल र्याली सफल बनाउँन आजपाद्धारा एकै दिन काठमाडौं उपत्याकामा चार भेला

काठमाडौं आम जनता पार्टी (आजपा)ले भ्रष्टाचार विरुद्ध २० माघमा काठमाडौंमा मोटरसाईकल र्याली गर्दैछ । भ्रष्टाचार बढदै जाँदा मुलुकको आर्थिक अवस्था विग्रदै गएको निष्कर्ष निकाल्दै आजपा भ्रष्टाचारका बिरुद्धमा बिभिन्न कार्यक्रमका साथै देशैभरी आन्दोलन गर्दै आएको छ । २० माघमा काठमाडौंमा हुने भ्रष्टाचार विरुद्धको मोटरसाईकल र्यालीका लागि आजपाले आज काठमाडौं उपत्यकामा एकै दिन छुटाछुटै ठाउँ र समयमा तीन बृहत भेला सम्पन्न गरेको छ । काठमाडौंको जोरपाटी स्थित एङ्ग्रीमा हिलसिटी होटेल, भक्तपुरको शङ्खधर चोक स्थित एचु पार्टी प्यालेस, ललितपुरको बालकुमारी र काठमाडौंको कलंकीमा आज एकै दिन छुटाछुटै बृहत भेला सम्पन्न गरेको छ ।

ति भेलाका प्रमुख अतिथि रहेका आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरु भ्रष्टाचारका ठुला–ठुला काण्ड गरेको भए पनि कारवाही नहुनु दःखद भएको टिप्पणी गरेका छन् । प्रमुख दलका शीर्ष नेताहरुले नै भ्रष्टाचारमा संलग्न भएको बताउँदै उनले ति सबै फाईल खोल्नुपर्ने र अनुसन्धान गरी जेल पठाउँनुपर्ने बताए । भ्रष्टाचारमा संलग्न दलका नेताहरु अभियान भन्दै बिभिन्न प्रलोभन देखाउँदै सर्वसधारण जनतालाई झुक्याउँने गरेको उनले बताए । अहिले बिभिन्न नामका अभियान सञ्चालन गर्दै सर्वसधारण जनतालाई झुक्याउँ ति भ्रष्टाचारी नेताहरु यात्रा गरिरहेको उनले बताए । ‘देशको बागडोर सम्भालेका प्रमुख पार्टीहरुले बिकास, समृद्धि र सुशासनको योजना लिएर जनतामा जानुको सट्टा आज जनतालाई गुमराह बनाउन कथित अभियान चलाई रहेकाछन्’ आजपा अध्यक्ष साहले भने, ‘प्रमुख पार्टीहरुले शुरू गरेका संकल्प यात्रा, संवाद यात्रा, मेची–महाकाली अभियान लगायतका अभियानहरु जनता झुक्याउने खेल मात्र हो ।’ जनतालाई सचेत गराउँन र भ्रष्टाचारी नेता, कर्मचारीहरुलाई कारवाही नगरी यो मुलुक समृद्ध हुन नसक्ने बताउँदै आजपाले भ्रष्टाचार विरुद्धको अभियान निरन्तर जारी राखेको उनले बताए ।

काठमाडौं उपत्याकाका बिभिन्न ठाउँमा भएको भेलामा आजपा अध्यक्ष साहका साथै उपाध्यक्ष एवं सभासद तिलक थापा, उपमहासचिव अरुण घिसिंग लगायतका नेताहरु सहभागि भएका थिए । २० माघमा काठमाडौंमा भ्रष्टाचार विरुद्ध मोटरसाईकल र्याली गर्ने तयारीमा रहेको आजपाले भ्रष्टाचारी मधेस प्रदेश सरकारमा संलग्नलाई कारवाहीको माग गर्दै संघर्षका कार्यक्रम गर्दै आएको छ । मधेस प्रदेश सरकारले भ्रष्टाचार गर्दै प्रदेशलाई बर्बाद गरेको बताउँदै उनले ति भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने अडान लिदै आएका छन् । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले बिभिन्न माग गर्दै ११ माघमा मधेस बन्द गरेको थियो । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले मधेस बन्द गरेको हो । आजपा निकटको आम सम्पर्क मञ्च र भन्सार कानून सुधार संघर्ष समितिले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै काठमाडौंको सहित देशैभरी आन्दोलन गरेको थियो । भन्सार विभाग घेराउ गर्नुका साथै सो व्यवस्था खारेजको माग गर्दैै आएको आजपाले तेस्रो चरणको आन्दोलन समेत जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *