नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाएर १९७ रन बनाएको हो ।

नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए । सुभाष भण्डारीले २४ बलमा २० रन जोडे । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे । कप्तान देव खनालले ३७ बलमा ३ चौकासहित २३ रन जोडे ।

पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिँदा उविद साह र अहमेद हुसेनले दुई दुई विकेट लिए । यस्तै खुबेब खलिल र मोहमद जिशानले १-१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *