पाँच महिना यता नयाँ बसपार्क क्षेत्रमा शान्ति सुरक्षामा उल्लेखनीय सुधार,तीन सय ३४ लाई मुद्दा

मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोंगबुस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसंगति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो ।

नयाँ बसपार्क गोङ्बु क्षेत्रमा पछिल्लो समय हत्या तथा ज्यान सम्बन्धि कसुरको घटनामा कमि आएको छ ।प्रहरी प्रभाग गोङ्बु नयाँ बसपार्कले सार्वजनिक गरेको पाँच महिना यताको प्रगति विवरणमा कर्तब्य ज्यान सम्बन्धि कसुरको घटना शून्य रहेको बताएको छ ।आफ्नो कार्यक्षेत्र अन्तर्गतको पाँच महिना यताको सम्पुर्ण विवरणहरु सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्दै प्रहरीले विभिन्न तथ्यांक समेत सार्वजनिक गरेको छ ।प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा टोखा ९ को सौगात पार्टी प्यालेसको हलमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधी, व्यावसायी, विभिन्न सामाजिक संघरसस्था, महिला समूह, युवा क्लबका पदाधिकारीहरुले आगामी दिन प्रहरीले यसरी नै शान्ति सुरक्षाको अवस्थालाई अझ मजभुत बनाउन सुझाव दिएका थिए ।विगतको समयमा यस क्षेत्रमा हत्या ,तथा ज्यान सम्बन्धि कसुरका घटनाहरु घटेपनि पछिल्लो समय प्रहरीले शान्ति सुरक्षाको क्षेत्रमा थप कडाइ गरेपछि त्यस्ता घटनाहरुमा कमि आएको प्रति सरोकारवाला पक्षहरुले खुसि व्यक्त गरे ।उक्त कार्यक्रममा प्रहरी बृत महाराजगन्जका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियोे ।

सार्वजनिक सुनुवाइमा प्रहरी प्रभाग नयाँ बसपार्कले भाद्र देखी पौषसम्म गरेका कार्य प्रगती विवरण प्रस्तुत गरेको गरेको थियोे ।सो अवसरमा शान्ति सुरक्षा ,नागरिक प्रहरी सम्बन्ध आदि विषयमा अन्तक्रिर्या समेत भएको थियोे ।नागरिक प्रहरी सम्बन्ध मजबुत बनाई समाजमा अपराध न्यूनीकरणको लागि सहकार्यलाई निरन्तरता दिन उक्त कार्यक्रम आयोजना गरिएको प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।दैनिक कार्यसम्पादनको क्रममा पनि अपराध न्युनिकरणको लागि र समाजमा शान्ति सुरक्षा कायम राख्न नागरिक सँग छलफल ,सहकार्य भइरहेको बताउदै प्रहरी निरिक्षक गुरुङले समुदाय स्तर बाट प्रहरीलाई राम्रो सहयोग भइरहेको बताउनुभयो ।

अपराधका घटनामा कमि आउनु भनेको प्रहरीको चनाखो अवस्था र समुदाय स्तर बाट नागरिकको सहयोग रहेको गुरुङले बताउनुभयो ।आगामी दिनमा नागरिक चेतनाको लागि समुदाय स्तरमा प्रहरीले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने पनि उहाँले बताउँनु भयो ।कार्यक्रमको अध्यक्षता तथा कार्य प्रगति विवरण प्रस्तुत गर्दै प्रहरी निरिक्षक गुरुङलेउक्त कार्यक्रममा गत भाद्र देखि पुस २७ सम्म प्रहरीले जम्मा ३ हजार चार सय तिनजना मानिसलाई विभिन्न घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ ।यसमा प्रहरीले ३ सय ३४ जनालाई मुद्दा चलाएको बताएको छ ।सबैभन्दा बढि अभद्र व्यवहारमा २ सय २० जनालाई मुद्दा चलाएको विवरण सार्वजनिक गरेको छ ।यस्तो दोस्रोमा ६१ जनालाई जुवातासमा,२२ जनालाई चोरीमा,१३ जनालाई लुटपाट तथा डाका चोरी,११ जना लागू ओैषध,३ जना ठगि,चारजना दुर्लभ वन्यजन्तु मुद्दामा मुद्दा चलाएको प्रहरीले बताएको छ ।

सवारी दुर्घटनामा पाँच महिनायता तीन ओटा मृत्यु

यस क्षेत्रमा सवारीसाधन दुर्घटनाको मृत्यु पनि कमि आएको छ ।प्रहरी प्रभाग नयाँ बसपार्कले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २१ वटा संख्यामा सवारी दुर्घटना भएको छन् ।जसमा तीन ओटा मृत्यु संख्या ,पाँच वटा गम्भीर घाइते ,१३ वटा सामान्य घाइते भएको विवरण छ ।

पाँच महिनाको अवधिमा ४७ जना हराएका मानिस फेला

गत भाद्र देखि पुस सम्म प्रहरी प्रभाग नयाँ बसपार्कमा मानिस हराएको जम्मा ५७ वटा निवेदन परेका थिए ,जसमा प्रहरीले ४७ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाएको थियो ।यस्तै यस अवधिमा ५८ वटा हराएका तथा चोरि भएका सवारीसाधनको संख्या रहेको छ ।प्रहरीले ५८ मध्ये १३ वटा सवारीसाधन फेला पारि सवारी धनिलाई बुझाएको छ ।यस अवधिमा ७ सय ६२ वटा निवेदन तथा उजुरी दर्ता भएकोमा ६ सय ९४ वटा फछ्र्यौट र ६६ वटा बाँकी रहेका छन् ।प्रहरीले यो बिचमा १८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।यस्तै ६१ जना मानिसलाई यस बिचमा प्रहरीले उद्दार गरेको छ ।

यस बिचमा सुरक्षा व्यवस्थापनका लागी गरीएका मुख्य कार्यहरु पनि प्रहरीले सार्वजनिक गरेको छ ।यस अन्तर्गत टोल विकास संस्था र अन्य सामाजिक संघ संस्थासँगको सहकार्यमा सामुदायिक गस्ती ,सरोकारवाला संग संयुक्त बजार अनुगमन ,सवारी दुर्घटना नियन्त्रणका लागी टोखा नगरपालिकाको सहयोगमा ९८ वटा रोड ट्राफिक डिभाईडर व्यवस्थापन ,प्रहरी विट दिप ज्योतिलाई टोखा नगरपालिका वडा नं। ११ को सामुदायिक भवनमा स्थानान्तरण आदि मुख्य कार्य हुन ।यस्तै थप सिसि क्यामेरा जडान र व्यवस्थापन,रात्रिकालिन व्यवसाय र अन्य व्यवसायका लागी निर्धारीत समय सिमा कडाईका साथ कार्यान्वयन पनि मुख्य कार्य अन्तर्गत भएको उक्त कार्यक्रममा जानकारी गराइएको थियोे ।यस्तै सामुदायिक स्तरबाट निर्माण गर्ने गरी २०८०र०९र०४ गते टोखा नगरपालिका र समुदाय संग सहकार्य गरी चार करोड पचास लाख लागतको प्रहरी प्रभाग नयाँ बसपार्कको र सामुदायिक सेवा केन्द्र गोगंबुको संयुक्त भवन शिलान्यास भएको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *