सर्लाही घटनाः तेस्रो दिन पनि उठेन जयशंकर शव

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका(६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् ।

स्थानीयले १० बुँदे माग राखेर शब उठाउन मानेका छैनन । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा घटना’bout छलफलको लागि सरोकारवालाहरुलाई जिल्ला प्रशासन मलंगवामा बोलाइएको छ ।

बरहथवा नगरपालिका मेयर कल्पनाकुमारी कटुवालाई कार्वाही हुनुपर्ने, ईलाका प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापालाई निलम्बन गर्नुपर्ने, दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने, मृतक साहलाई शहिद घोषणा गर्नुपर्ने, ५० बेडको प्रादेशिक अस्पताल कायम गर्नुपर्ने, अस्पताललाई मृतक साहको नामले नामकरण हुनुपर्ने, गोली चलाउने र आदेश दिनेलाई कारबाही गर्नुपर्ने, मृतकको परिवारमध्ये एक जना सदस्यलाई सरकारी जागिर दिनुपर्ने, मृतकको सालिक नेपाल बैंक चौकमा निर्माण हुनुपर्ने र मृतकको सालिक अस्पतालमा पनि निर्माण गर्नुपर्ने लगायत १० बुँदे माग अघि सार्दै मृतक परिवारसहित स्थानीयले निरन्तर रुपमा आन्दोलन गरिरहेको छ । मृतक साहका भान्जा बिवेक साहले आफुहरुको माग पूरा नभए निरन्तर आन्दोलन गर्ने र शव नबुुझने बताए ।

स्थानीयले इलाका प्रहरी कार्यालयको अगाडी टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *