भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पत्रकार महासंघले स्थगलगत टोली पठाउँदै

नेपाल  पत्रकार महासंघले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा स्थलगत टोली पठाउने भएको छ । महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल रहेको टोली भूकम्प प्रभावित जिल्लामा पठाउने भएको हो । टोलीले भूकम्प प्रभावित जिल्लाका सञ्चारकर्मी र सञ्चारमाध्यमहरुको पछिल्लो अवस्थाका बारेमा स्थानीय सञ्चारकर्मीहरुसँग छलफल गर्नेछ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्पले रुकुम, जाजरकोट र सल्यानका सञ्चारकर्मी र सञ्चारमाध्यम प्रभावित छन् । प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको महासंघले जनाएको छ ।

टोलीले भूकम्प प्रभावित जनताको अवस्थाका बारेमा समेत स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने महासंघले बताएको छ । भूकम्प प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमलाई महासंघले आर्थिक राहतसमेत वितरण गर्नेछ । टोली पुस ३ गते मंगलबार जाजरकोट प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *