एकैपटक धेरै विद्यार्थीलाई दीक्षित गरेर त्रिविले राख्यो विश्व रेकर्ड

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी उपस्थित गराएर विश्व रेकर्ड कायम राखेको छ। सोमबार दशरथ रंगशलामा भएको ४९औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका थिए । अफिसिएल वल्ड रेकर्ड नामक संस्थाले दीक्षित हुने दीक्षान्त कार्यक्रममा महिला सहभागिता, समग्र सहभागिता, अभिभावकको उपस्थिति, पदक, पाहुना र दीक्षित हुने विद्यार्थीको संख्या इतिहासमै धेरै भएको भन्दै विश्व रेडक प्रदान गरेको हो ।

दीक्षान्त समारोहमै उक्त संस्थाले विश्व रेकर्डको प्रमाणपत्र दिएको थियो । दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *