नक्कली भुटानी शरणार्थी प्रकरण : अन्ततः खाँणलाई छोड्ने आदेश

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनबाट आदेश भएको छ । बिहीबार खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको हो ।

संयुक्त इजलासमा दुई न्यायाधीशको राय बाझिएपछि मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पेस भएको थियो । तेस्रो न्यायाधीशको इजलासले खाँणलाई छोड्ने आदेश गरेको हो । 

गत मंसिर १५ गतेको इजलासमा न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाख रुपैयाँमा धरौटीमा रिहा गर्नुपर्ने राय दिएका थिए । तर उक्त रायमा अर्का न्यायाधीश प्रकाश खरेलले सहमति जनाएका थिएनन् । 

खरेलले खाणलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गर्नुपर्ने राय दिएपछि बाँकी सबै प्रतिवादीको आदेश आउँदा खाणको बारेमा भने निर्णय हुन सकेको थिएन । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा खाणको निवेदन पेस गरिएको थियो । न्यायाधीश कोइरालाले यसअघि ३० लाख धरौटीमा छाड्ने न्यायाधीश जनक पाण्डेको रायमा सहमति कायम गरे ।

यो आदेशसँगै अब धरौटी बुझाएर थुनामुक्त हुन पाउने बाटो खुलेको छ । आदेशको प्रतिसहित जिल्ला अदालत पुगेपछि धरौटी लिई खाँणलाई थुनामुक्त हुने पत्र दिनेछ । सम्भवतः शुक्रबार खाण थुनामुक्त हुन पाउनेछन् । 

धरौटीमा छुट्ने आदेशमा खाँणको प्रत्यक्ष संलग्नता नदेखिएको तर्क गरिएको छ । जाहेरवाला तथा घटना विवरण कागज गर्ने पीडितहरूले खाँणले ठगी गरेको वा रकम लिएको भनी नाम उल्लेख नगरेकोलाई आधार बनाइएको छ । 

जाहेरवाला प्रेमराज पन्थीको जाहेरीको पेटबोलीमा यी प्रतिवादीको नाम उल्लेख भएकाले तत्काललाई ३० लाख नगदै धरौटी वा बैंक ग्यारेन्टी राखी रिहा गर्न न्यायाधीश कोइरालाको इजलासले भनेको छ । 

खाणविरुद्ध किटानी जाहेरी नपरेको भन्ने आधार देखाइएको छ भने सहअभियुक्तहरूले बयानका क्रममा खाणलाई नपोलेको (नाम नलिएको) भनिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *