दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणबाट इन्टरनेट(ईमेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो ।

ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमतिपत्र स्वत:खारेज भएको प्राधिकरणले जानकारी दिएको छ । साथै, ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *