सात सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि दिनहुँ सुनको मूल्य ओरोलो लागिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । छापावाल सुन तोलामा ७ सय घटेर आज एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार प्रतितोला एक लाख १७ हजार रुपैयाँ मूल्य कायम गरिएको थियो । यस्तै तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपैयाँमा झरेको छ । सोमबार एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंसिर १८ गते हालसम्मकै उच्च प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य केही दिनयतादेखि घटिरहेको छ ।

सुनको मूल्य उच्च हुँदा निराश भएका स्थानीय बजारका ग्राहकले भने मूल्य घटेसँगै राहत महसुस गरिरहेका छन् । साथै बजारमा कारोबार पनि बढिरहेको व्यापारीहरुले बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *