आजपा प्रवेश गरेका नेता पाण्डेले भने, ‘एमाले हावादारी पार्टी भयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नारायण पाण्डे आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपाको आज बागमती प्रदेश कमिटीको बैठक चलिरहेका बेला एमाले नेता पाण्डले सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेता पाण्डेलाई पार्टीमा स्वागत गर्दै सम्मानजनक जिम्मेवारी दिइने बताए । समृद्ध नेपाल निर्माण र संगठन निर्माणमा जुटन उनले आग्रह समेत गरेका छन् ।

आजपा प्रवेश गरेका नेता पाण्डेले एमालेले हावादारी पार्टी भएको र त्यसका नेताहरु पनि हावादारी गफ मात्रै गर्ने गरेको आरोप लगाए । एमालेमा व्यक्ति हावी भएको र त्यहाँ विधान, नीति तथा आफ्नै निर्णय उल्लंघन गरी जनतालाई हावादारी गफले आजित बनाउँने काम मात्रै भएको उनले आरोप लगाएका छन् । रुपन्देही निवासी पाण्डे एमालेको जिल्ला कमिटी सदस्य रहेको जिम्मेवारीमा थिए । आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले पछिल्लो समय एमाले, कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरु परित्याग गरी आजपामा प्रवेश गर्नेको लहर चलेको बताए । भर्खरै केही दिन अघि रौतहट, धनुषा, सिरहा लगायतका जिल्लामा बिभिन्न पार्टी परित्याग गरी आजपामा नेताहरु प्रवेश गरेका थिए । यस्तै काठमाडौंमा समेत केही दिन अघि बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेको सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *