तस्करीकाे अावरणमा मिटरब्याजकाे धन्दा चलाउने जनकपुरीया दाजुभाईले भने – सिडियाे र एसपी हाम्राे खल्तिमा छन्

लहान / जनकपुरबाट सिरहाकाे लहानमा अाएर तस्करीबाटै नवधनाढ्यमा रूपान्तरित जनकपुरियाका दाजुभाईले पत्रकारमात्रै हाेईन , प्रहरी/प्रशासननै अाफ्नाे खल्तिमा कैद भएकाे हाकाहाकी प्रतिकृया दिएकाछन् । कुनैबेला सिरहाकाे लहान क्षेत्रका ग्रामिण भेगहरूमा ढकिया ( डाली ) मा कपडा सिलाउने सुई , धागाे , हातमा लगाउने चुरा , नेलकटर , रूमाल , कपालमा लगाउने रूमाल लगायतका सामाग्रीहरू डुलेर बेच्थे सन्ताेष साहकाे परिवार । जनकपुरबाट व्यापार गर्न अाएकाले उनिहरूकाे परिवारलाई जनकपुरिया उपनामले चिनिन्थ्याे ।

अर्थात उनिहरूकाे परिचय बनेकाेथियाे – जनकपुरिया । तर, त्यसरी ढकियामा हजार पन्ध्र सयकाे पुँजी लगाएर धागाेपाेते बेच्ने जनकपुरिया खलककाे अहिले लहानमा परिचय बदलिएकाे छ नवधनाढ्यका रूपमा । जनकपुरिया खलक एकाएक कसरी नवधनाढ्य बन्याे ? श्रृङ्खलाबद्वरूपमा हामी उनिहरूकाे कालाे कर्तुतबारे खुलासा गर्न गईरहेका छाैँ । कपडाकाे कलाे व्यापार जनकपुरिया खलकका दुईभाई अहिले लहानका जल्दाबल्दा व्यापारी हुन् । दुईभाईमध्ये सन्ताेष साहले समैया ट्रेडर्स खाेलेर भारतबाट कपडा तस्करी गर्नथालेकाे धेरैभयाे । महिलाका सबैखाले पहिरन समैया ट्रेडर्समा पाईन्छन् । दैनिक १० लाखसम्मकाे काराेबार हुन्छ समैया ट्रेडर्सबाट । राज्यलाई तिर्ने करभने नगन्य मात्रामा देखिन्छ , लहानस्थित राजश्व कार्यालयकाे रेकर्डमा । अर्थात अार्थिक तरलताकाे सामना गरिररहेकाे देशलाई उनी ठगिरहेकाछन् । देशका ठुला राजश्वमारामध्ये समैया ट्रेडर्सका सञ्चालक सन्ताेष साह पनि एक हुन् । उनले भारतबाट तस्करी गर्छन् कपडाहरू । भारतका जयनगर , सिलिगुडी , सितामाडी लगायतका ठाउँहरूबाट कपडा तस्करी गर्छन् सन्ताेष ।

समैया ट्रेडर्स विशाल हाेटलकै लाईनमा छ । समैया ट्रेडर्समा मूल्यसुची राखिएकाे छैन । उनका ग्रहाक भनेका चाैधरी समुदायका साेझा ग्रामिण महिलाहरू हुन् । मनपरी मूल्यमा बेचछन् , सन्ताेषले । सन्ताेषलाई सञ्जय , राघव यादव , भगवानलाल साह , देव यादव , थेपा भनेर चिनिने उपेन्द्र यादव लगायतले तस्करीका कपडा ल्याईदिन्छन् । अर्थात समैया ट्रेडर्सका कपडा तस्करीलाई उनिहरूकाे प्रत्यक्ष सहयाेग छ । कपडाकाे अावरणमा मिटरब्याज जिल्ला प्रशासन कार्यालय सिरहाकाे अनुसन्धानमा सन्ताेष साहकाे देखाउने दाँत कपडा तस्करी भएपनि उनकाे भित्रिधन्दा भनेकाे मिटरब्याज हाे ।

सन्ताेष साहले लहानका धेरै ब्यापारीलाई जग्गा अाफ्नाे नाममा पास गरेर मिटरब्याजमा लगानी गर्दै अाएका छन् । लहानका सयाैँ ब्यापारीलाई सन्ताेषले मिटरब्याजमा ५० कराेडभन्दा बढी लगानी गरेकाे पाईएकाे जिल्ला प्रशासन कार्यालयस्राेतले बताएकाे छ । सन्ताेष साहले समैया ट्रेडर्सकाे नाममा कपडा ब्यापार गर्ने उद्वेश्य देखाएर एसबिअाई बैंकबाट ऋण लिएर मिटरब्याजमा लगाएकाे बैंकस्राेतले भन्याे । बैंकस्राेत भन्छ – ” कपडा ब्यापारकाे नाममा ऋण लिएर मिटरब्याजमा लगाएर अार्थिक अपचलन गरेकाले सन्ताेष साहमाथी बैंकिङ् कारवाही अघि बढाउँदैछाैँ । ” सुशासनकाे नारा दिने पुष्पमल दहाल प्रचण्ड नेतृत्वकाे सरकारले समैया ट्रेडर्स खाेलेर कपडा तस्करी गर्नेअनि मिटरब्याजमा ऋण लगाउने सन्ताेष साहमाथी तत्काल कानुनी कार्वाही चलाउन जरूरी देखिन्छ । यस बिषयमा प्रतिकृया लिन खाेज्दा सम्पर्कमा अाएका सन्ताेषका जेठा दाइ मनाेज साहले धेरै पत्रकारलाई गाेजीमा राखेकाे छु भन्दै प्रहरीप्रशासन पनि किनेर राखेकाे बताए । जय हनुमान ट्रेडर्स खाेलेर तस्करी गरिरहेका उनले भने – ” पैसाका अगाडि पत्रकार , प्रहरी/प्रशासन सबैकाे त्रिनेत्र हुन्छ । पत्रकार , एसपी , सिडियाे सबैलाई खुशी बनाईरहेका छाैँ । एकदुईअाेटा समाचारले हाम्राे एउटा राैँ पनि उखेलिदैन । जे मन लाग्छ गर्नुस् । “साभार : काेशेली खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *