मधेस प्रदेश समीक्षा बैठकमा सहभागी हुन प्रधानमन्त्री बर्दिबासमा

पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार विहान महोत्तरीको बर्दिबास पुगेका छन् ।

माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लिलामणि पोखरेलले प्रधानमन्त्री दाहाल बिहान ९ बजेदेखि बर्दिबास–४ माइस्थानमा दलको तीन महिने रुपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी भएको बताए । प्रदेशका आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष दाहालले थप निर्देशन दिने छन् ।

जिल्लाको गौशाला–५ स्थित बहुद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहाल आजै दिउँसो सहभागी हुनेछन् । प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुनेछन् । सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्किनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *