जनता दलका सचिव चौधरी, फिरौती फिल्मका निर्देशक मिजार लगायत आजपामा प्रवेश

काठमाडौं । जनता दल केन्द्रीय कमिटीका सचिव तेजनारायण चौधरी आम जनता पार्टी (आजपा) प्रवेश गरेका छन् । आजपा केन्द्रीय कार्यालय काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बीचमा चौधरी सहितका अन्य व्यक्तिहरु समेत आजपामा प्रवेश गरेका छन् । चौधरी सहित नवनिर्मित नेपाली चलचित्र ‘फिरौती’का निर्देशक रमेश मिजार, अन्य कलाकारका साथै अखिल क्रान्तिकारीका नेता अनिल यादव लागायतकाले आजपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सबैलाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिइने बताए । अहिलेको सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने बताउँदै साहले अहिलेको व्यवस्था असफल रहेकाले राष्ट्रपतिय व्यवस्थामा जानुको बिकल्प नभएको बताए । अहिले आम जनताको शासन नभएको बताउँदै उनले मुठिभरी केही नेताहरुको हालीमुहाली रहेकाले आम जनताको शासनका लागि आजपाले आवाज उठाउँदै आएको बताए । ‘अहिलेको व्यवस्था असफल भईसक्यो । यो संविधानको काम छैन् ।

गर्वले संविधान निर्माण गर्यौ भन्नेहरुले आम जनतासंग माफी माग्नुपर्छ’ साहले भने, ‘अहिलको व्यवस्था असफल भईसकेकाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्थामा जानुको बिकल्प छैन् ।’ देशको आर्थिक अवस्था संकटपूर्ण बनाउँने त्यही मुठीभरका नेताहरु जिम्मेवार रहेको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागि आम जनताले एकजुट भएर अगाडी बढनुपर्ने बताए । यही नेताहरुको हालीमुहाली शासन व्यवस्थामा रहेमा देशको अवस्था झनै बिग्रदै जाने भएकाले आम जनता ढिला नगरी एकजुट हुनुपर्ने साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *