सुनको मूल्यमा लगातार तीन दिन नयाँ रेकर्ड

नेपाली बजारमा सुनकाे मूल्यमा लगातार तीन दिन रेकर्ड कायम गरेको छ । सुनको मूल्यमा सोमवारयता नयाँ रेकर्ड कायम भइरहेको छ । बुधवार (आज) सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ५२० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४६ डलरमा कारोबार हुँदैछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *