जिरो ग्राउण्ड ठाडी नाका: तस्करसँग मासिक डेढ लाख सम्म बुझ्छन् प्रहरी र भन्सारका हाकिम

सिरहाको ठाडी नाकाबाट सद्दाम काशीले चौपाय तस्करी गर्नथालेको ४० बर्ष भयो । नेपालको पहाडी क्षेत्रबाट बुढी गाई र बुढा गोरूहरू संकलन गरेर सिरहाको ठाडी नाकाबाट गैरकानुनी रूपमा भारतिय बजारमा पुर्याउँछन् सद्दाम । उनको गाईगोरू तस्करीमा सीमामा तैनाथ सुरक्षाकर्मीका प्रमुखहरूको प्रत्यक्ष सहयोग रहन्छ । किनकी सद्दामले ठाडीका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुखलाई मासिक १ लाख देखि डेढ लाख सम्म बुझाउँछन् । त्यसैले, ड्युटीमा तैनाथ सुरक्षाकर्मीहरूको आँखै अगाडीबाट हरेक रात सद्दामका गाईगोरू ठाडी नाका हुँदै भारत छिराउँछन् ।

सद्दामले जस्तै प्रहरीका हाकिमलाई महिनावारी बुझाएर रामसिया साहले पनि ठाडी नाकाबाट तस्करी गरेको ४० बर्षबढि भईसकेको छ । रामसिययाले चाहिँ भारतबाट कपडा, किराना पसल र हार्डवयर लगायतका सामाग्रीहरू नेपाल भित्र्याउँछन् ।

रामसिया तस्करी गरेरै करोडौँका मालिक भईसकेका छन् । अजय साह र बिरेन्द्र यादवले पनि ठाडी नाकाबाट तस्करी गरेको धेरै भईसकेको छ । अजय र बिरेन्द्रभने कपडाका थान भारतबाट नेपाल भित्र्याउँछन् । उनिहरूको कपडाको कारोवार निकै ठुलो भएको जानकारहरू बताउँछन् । अजयले आमाको पेशालाई निरन्तरता दिएका हुन् । ठाडी नाकाबाटै कपडा गैरकानुनी रूपमा भारतबाट नेपाल भित्र्याउँदै आएकी अजयकी आमा सिनुरियाबाली अहिले घरमा बुढेसकाल काटिरहेकीछन् । अजय र बिरेन्द्रले पनि ठाडीका प्रहरी प्रमुखहरूलाई अन्यले झैँ महिनाबारी रकम बुझाउँछन् ।

सद्दाम काशी, रामसिया साह, अजय साह र बिरेन्द्र यादवमात्रै होईन, स्थानिय प्रहरी प्रमुखहरूलाई महिनाबारी रकम बुझाएर ठाडी नाकाबाट तस्करी गर्नेहरू धेरैछन् । प्रहरीस्रोतकै अनुसार पिङ्की , ललिपप , सीता चौधरी , घुरन साह , शकंर साह पनि ठाडी नाकाका चर्चित तस्कर हुन् । पहिला कृष्ण , अशोक र अजय साह साझेदारीमा यही नाकाबाट तस्करी गर्दथे । अशोकले सवारी दुर्घटनामा ज्यान गुमाएपछि यी तीनको साझेदारी टुक्रिन पुग्यो । कृष्ण र अजयको कुरा नमिलेपछि अहिले बिरेन्द्रलाई पाटनर बनाएर अजयले तस्करीलाई निरन्तरता दिईरहेकाछन् । कृष्णभने घरमै किराना पसल सञ्चालन गरेर बसिरहेकाछन् ।

त्यस्तै पवन गुप्ता, बासुकी गुप्ताले पनि ठाडी नाकाबाटै कोल्गेट , डाबर रेड पेष्ट , पोण्डस क्रिम , फेयर एण्ड लब्लि क्रिम अनि क्प्टेन चुरोट नेपालबाट भारत तस्करी गर्छन् । गुप्ताद्वयको तस्करीलाई भारतमा सेटिङ् गरिदिने नामुद माफिया बिकास साह हुन् ।

स्थानियहरूका अनुसार ठाडी नाकाबाट प्रत्येक रात ३ बजे देखि बिहान मिर्मिरे हुन्जेलसम्म ठेला गाडा , सिटी सफारी र मोटर साईकलबाट गैरकानुनी रूपमा सामानहरू नेपाल( भारत ओसारपसार भईरहन्छन् । दिउँसो चल्ने सार्वजानिक सवारी साधन बसबाट पनि तस्करहरूले सामान ढुवानी गर्ने गर्छन् । ठाडीमा नेपाल प्रहरी चौकी , सशस्त्र प्रहरीको क्याम्प र राजश्वको कार्यालय भएरपनि नभएको जस्तो आभास स्थानियले गर्ने गरेकाछन् ।

भगवानपुर गाउँपालिका– ३ मा पर्ने ठाडीस्थि प्रहरी चौकीका प्रमुख बरिष्ठ सई तिलक कार्की हुन् भने सशस्त्र प्रहरीको बिओपी ईनरूवा, ठाडीका प्रमुख डिएसपी दुर्गा थापा हुन् ।अनि ठाडी भन्सारका प्रमुख चाहीँ ध्रुब प्रसाद कोईरी हुन् । र , भनिन्छ सई तिलक कार्कीका सहयोगी नेपाल प्रहरीका घुमुवा शिव मेहेताको यतिबेला ठाडी नाकामा बोलाबाला छ । सशस्त्रका डिएसपी दुर्गा थापा पछिल्लो समय विभिन्न कारणले बिबादमा आईरहेका हुन्छन् ।

आर्थिक तरलताले देश दिनहुँ ओरालो लाग्दैछ । सरकारले कर्मचारीलाई तलब खुवाउने हैसियत गुमाउँदै गएको छ । नेपाल–भारत आयात र निर्यातको राजश्व छलिमा राज्यका सुरक्षा निकाय र देशभक्त कर्मचारीनै तस्कर र माफियाको मतियार बन्नु कत्तिको न्यायसगंत होला ? यो प्रश्नको जवाफ पुष्पकमल दहाल (प्रचण्ड) नेतृत्वको गठवन्धन सरकारले दिनुपर्छ । अझ, सुशासनको दुहाई दिएर नथाक्ने प्रचण्ड सरकारका गृहमन्त्रि नारायणकाजी श्रेष्ठ (प्रकाश)ले त यो प्रश्नको जवाफ दिन करै लाग्छ ।साभार : दैनिक समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *