भाबि अाकर्षण – तस्करीकाे ट्राञ्जिट बन्दै झाँझपट्टी

सन्हैठा / सिरहामा फेरि तस्करी सुरू भएकाे समाचारहरू सार्वजानिक भएका छन् । शंकास्पद के भने , राष्टि्यताकाे सवाल मुखरित भईरहेका बेला तस्करीकै कारण बदनाम सिरहा जिल्लामा मुलुककाे राज्यसंयन्त्रका हरेक निकायलाई कमजाेर बनाउन दक्षिणकाे प्रत्यक्ष लगानी त भईरहेकाे छैन ! पैसाका अगाडि महादेवकाे पनि त्रिनेत्र भनेझैँ सिरहालाई अामूल परिवर्तन गर्छु भन्ने दृढ अठाेटकासाथ सरूवा भएर अाउने प्रहरीप्रशासन प्रमुख र राज्यसंयन्त्रका अन्य निकायका प्रमुखहरू एकाएक बदलिदा प्रशस्त शंका गर्ने अाधारहरू पनि खडा हुने गरेकाछन् ।यसकाे जरैबाट छानबिन हुन जरूरी देखिन्छ । \

ब्याथा बडहरीकाे भारतसँग जाेडिएकाे बरियारपटी गाउँपालिकाकाे वडा नम्बर १ मा पर्ने बडहरी नाकाबाट भईरहेकाे तस्करीले यसबारे एकैपटक धेरै सवालहरूकाे जवाफ दिन्छन् । जहाँ तस्करीका लागि सार्वजानिक सवारीसाधन बसकै प्रयाेग हुँदै अाएकाे छ । बडहरी नाकाबाट दैनिक कराेडकाे सामान तस्करी भईरहँदा नेतृत्व तस्करसँ बिकिरहँदा ड्युटीमा तैनाथ प्रहरी मुकदर्शक बन्न बिबश देखिन्छन् । बडहरी नाकाका नामुद तस्करकाे परिचय बनाएका झाझपट्टीका राधव यादव र पहाडी भनेर बाेलाईने अर्का एकब्यक्तिले यस नाकाबाट कपडा तस्करी गरेकाे धेरैभयाे । सीमावर्ति भारतिय बजार पिपराहीबाट बडहरी नाका हुँदै यी दुवैले अवैधरूपमा नेपालतिर कपडा भित्र्याउँदै अाएकाछन् । बडहरीबाट दैनिक ५ देखि ६ अाेटा माेटर साईकलमा उनिहरूले कपडा अाेसार्छन् । उनिहरूकाे कपडा सिरहाकाे लहान , मिर्चैया , गाेलबजार , धनगढी लगायतका नेपाली बजारहरूमा निर्यात हुन्छन् ।उनिहरूकाे कपडा तस्करी यतिबेला दुईगुना चारले बढेकाे स्राेत बताउँछ । निर्वाध रूपमा लगभग दैनिक २५ लाखसम्मकाे कपडा चाेरीनिकासी गर्छन् यी दुईले । तस्करीका लागि बस प्रयाेग बडहरी नाकामा तस्करी कतिसम्म झाँगिएकाे छ भने तस्करहरूले चाेरीनिकासीकाे सामान ढुवानि गर्न बस नै प्रयाेग गर्न थालेकाछन् । महेशपुर पतारीका दीपेन्दर साहले तस्करीकाे सामान ढुवानी गर्न सार्वजानिक बस प्रयाेग गरेकाे धेरैभयाे । बडहरी नाकामा कार्यारत एक सशस्त्र प्रहरीका जवानकाअनुसार चिनि , चामल र रजनिगन्धा लगायत किराना अाईटमकाे तस्करी गर्दै अाएका दीपेन्दरले बडहरी – लहान चल्ने भगवानपुरका झा जि भनेर चिनिने ब्यक्तिकाे २ अाेटा बस मात्रै हाेईन अाफ्नै एक अर्काे बस , टेम्पाे र ८/९ अाेटा माेटर साईकल तस्करीकाे सामाग्री ढुवानिमा प्रयाेग गर्दै अाएकाछन् । दीपेन्दरले तस्करी गरेर नेपाल छिराउने किराना अाईटमहरू लहान , धनगढी , गाेलबजार , मिर्चैया अनि उदयपुरकाे सदरमुकाम गाईघाट र कटारी सम्म पुर्याउँछन् । गाईघाट र कटारीमा बढिजसाे चिनि र सेभेनस्टार चामल पठाउने गरेकाछन् दीपेन्दरले । सितापुर घर भएका देविनले पनि बडहरी नाकाबाट ३ अाेटा माेटर साईकलमा किराना सामाग्री तस्करी गर्छन् । त्यस्तै पर्सा पाेखरभिन्डाका रिना चाैधरी र जानम चाैधरीले पनि यहि नाकाबाट किराना सामाग्रिकाे तस्करी गर्छन् । प्रहरी मुकदर्शक बडहरी नाकामा सशस्त्र प्रहरीकाे बिअाेपी नै छ । सशस्त्र प्रहरीका जवानहरू बडहरी नाकामा चाैबिसै घण्टा तैनाथ रहन्छन् ।

त्यस्तै प्रहरी चाैकी कचनारीबाट खटिएका नेपाल प्रहरी बडहरी अासपासका मुसहरी बस्ति नजिककाे बाटाे छेउकाे फूलवारीमा ड्युटीमा बसेका देखिन्छन् । तर , यहिबाटाे हुँदै दैनिक तस्करी हुन्छन् , चाेरी निकासीका सामान पास हुन्छन् । तस्करीमा संलग्नहरू ड्युटीमा तैनाथ सुरक्षाकर्मीहरूलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरूलाई महिनावारी रकम बुझाएर तस्करीकाे रूट क्लिएर गरेकाे खुल्लामखुल्ला बताउँछन् र स्पाेटबाटै हाकिमहरूलाई फाेन गरेर कानमा थमाउँछन् । तैनाथ सुरक्षाकर्मी ” हस साव ! ” भन्दै कालाे अनुहार लगाएर मालबाहकहरू बाेर्डर टपेकाे दृष्य हेरेर बस्न बिबश तुल्याईएका छन् । बडहरीमा चलिरहेकाे तस्करकाे रजाईँले गठबन्धन सरकारका गृहमन्त्रि नारायणकाजी श्रेष्ठ ( प्रकाश ) लाई गिज्याईरहेकाे छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *