११ हजार बढी पटाकासहित एक जना पक्राउ

प्रहरीले ११ हजार ७ सय ८० थान पटाकासहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाकासहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *