सेयर बजार १८ सय ५२ बिन्दुमा खुम्चियो

सेयर बजार परिसुचक (नेप्से) ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव १७ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार ११ दशमलव ८५ अंकले ओरालो लागेर १८ सय ५२ दशमलव शुन्य आठ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ५७ दशमलव शुन्य बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ८२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट आज २७ हजार आठ सय ४५ पटकको कारोबारमा २८ लाख ३३ हजार सात सय ३१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ८३ करोड ६० लाख पाँच हजार छ सय ५६ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएको छ । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *