इजरायलको लगातार आक्रमण जारी, गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

 इजरायलको लगातार आक्रमण जारी रहेको बेला गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अक्टोबर ७ यता इजरायली बमबारीमा मृत्यु हुनेको संख्या १० हजार २२२ पुगेको जनाएको छ ।

जसमा ४ हजार भन्दा बढी बालबालिका र २५ सय भन्दा बढी महिला रहेको बताइएको छ । आइतबार राति इजरायली सेनाले गाजामा ठूलो हवाई हमला गरेको थियो । सेनाले एक विज्ञप्ति जारी गर्दै हमासको सैन्य कम्पाउण्ड सहित सयौं लक्ष्यहरूलाई निशाना बनाएको बताएको छ ।

गाजाको सबैभन्दा ठूलो अस्पतालका निर्देशकले यसअघि बीबीसीलाई करिब २०० जनाको ज्यान गएको बताएका थिए । गाजामा कार्यरत राष्ट्रसंघीय राहत एजेन्सीहरूले मृत्यु हुनेमा हजारौं बालबालिका पनि रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिसहित धेरै नेताहरूले हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्यांकमाथि प्रश्न उठाएका छन्। विश्व स्वास्थ्य सङ्गठनले यी तथ्याङ्कहरूलाई विश्वसनीय भएको बताएको छ । गाजाका अन्य सरकारी एजेन्सीहरू जस्तै, स्वास्थ्य मन्त्रालय पनि हमासको नियन्त्रणमा छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्यो, जसमा १४ सयभन्दा बढी व्यक्तिको मृत्यु भयो । यस हमलामा हमास लडाकुहरूले २०० भन्दा बढी व्यक्तिलाई अपहरण गरी गाजामा लगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *